
काठमाडौं । एसिया कप क्रिकेटमा आज नेपाल र भारत खेल्दै छन् । नेपाल र भारतबीचको खेल नेपाली समयानुसार श्रीलंकाको क्यान्डीमा दिउँसो सवा ३ बजे हुनेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल र भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा छन् । अर्थात् दुई रोहितको कप्तानीमा रहेका दुई देशबीचको खेल जित्ने टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा प्रवेश गर्ने छ ।
भारत भने खेल बराबरी वा अंक बाँड्ने अवस्था भए पनि सुपर फोरमा पुग्नेछ । अंक तालिकामा भारत एक अंकमा छ भने नेपाल अंकविहीन छ।
प्रत्येक समूहबाट माथिल्लो स्थानमा रहने दुई(दुई टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्ने प्रावधान छ ।
समूह ‘ए’ बाट आयोजक पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ ।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको थियो भने भारत पाकिस्तानसँगै अंक बाँड्न बाध्य भएको थियो ।