राजविराज । सप्तरी क्षेत्र नम्बर ४ (२) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित सांसद अनिरुद्ध कुमार सिंह हत्या अभियोगमा पक्राउ परेको छ ।
सिंहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले आज राजविराजबाट पक्राउ गरेको हो । गोबिन्द चौधरीको हत्यामा संलग्न भएको आरोपमा फारार रहेका सिंहलाई म्याद थपका लागि जिल्ला आदालत सप्तरी लगिएको छ ।
सिंहको निर्देशनमा बोदे बर्साइन गाविस–४ बाट वि.सं.२०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस–५ वैरिया टोलमा पु¥याई पाँचवटा गोली हानी सप्तरीको खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप थियो । मृतकको २०६४ असार १० गते राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षण भएको थियो ।
उक्त विषयमा जाहिरीपरेपछि अदालतमा वयान दिन समेत दिन नआएर सिंह फरार भएका थिए । अदालतमा हाजिर हुन म्याद जारी भएपनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको छ । उनी २०७९ मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनमा उनी आफै मनोनयन दर्ता देखि लिएर प्रचारप्रसारमा सहभागी भएका थिए । तर फरार सुचिमा रहेका उनलाई प्रहरीले पक्राउ गरी कार्वाही गरेका थएन ।
मृतकका दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी उजुरी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको