काठमाडौँ । भारतले नेपालबाट लिने भनिएको दश हजार मेगावाट विद्युत व्यापार सम्बन्धी समझदारी पत्रलाई स्वीकृत गरेको छ । गत साता भारतको मन्त्रिपरिषद्ले नेपालसँगको दीर्घकालीन विद्युत् व्यापारको विषयलाई अनुमोदन गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत जेठमा भारत भ्रमणमा गएका बेला विद्युत् व्यापार सम्बन्धी दुई पक्षीय सहमति भएको थियो । यसलाई भारतको मन्त्रिपरिषदले गत सातामात्र अनुमोदन गरेको हो ।
यो सम्झौता मन्त्रिपरिषदबाट अनुमोदन भएसँगै सम्झौताको रुप धारण गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै प्रचण्डको भ्रमणका क्रममा छलफलपछि आफैँले संयुक्त मन्तब्यमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने घोषणा गरेका थिए ।
भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको भए पनि मन्त्रिपरिषद् बैठकको निर्णय भने अझै प्रेस इन्फर्मेसन ब्युरोको वेबसाइटमा आइसकेको छैन ।–हाम्रा कुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको