राजविराज । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा फरक क्षमता भएका विद्यार्थीहरुलाई फलफूल र लुगा बापतको रकम वितरण गरिएको छ । मंगलबार नेपाली निजामती कर्मचारी युनियनको स्थापना दिवसकाे अवसरमा राजविराज स्थित पवि माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई फलफूल र नगद वितरण गरेको हो । फलफूल वितरण कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सचिव सन्त मंडलले स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गरे । नेपाल निजामती कर्मचारी युनियन सप्तरीका अध्यक्ष सुर्यकान्त झाकाे अध्यक्षतामा आयोजित कार्यक्रममा फलफूल वितरण कार्यक्रममा नेविसंका जिल्ला अध्यक्ष राकेश ठाकुर कर्मचारी र विद्यालयका शिक्षकहरुको समेत उपस्थितिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको