राजविराज । १६ वर्ष अघि माओवादी नेता गोविन्द चौधरीको हत्या अभियोगमा अघिलो दिन पक्राउ परेका प्रदेश सांसद अनिरुद्ध कुमार सिंह यादव मंलगबार कारागार चलान भएका छन् ।
सप्तरी जिल्ला अदालतका न्यायधिश डा.राजेन्द्र कुमार आर्चायको ईजलास्ले उक्त मुद्दामा सुनुवाई गर्दै प्रदेश सभा सदस्य यादवलाई पुर्वपक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । आदेश आए सँगै उनलाई राजविराज कारागार चलान गरेको प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
सप्तरीको प्रदेश सभा क्षेत्र नम्बर ४ को २ बाट स्वतन्त्र उम्मेदबार भई निर्वाचित भएका यादवलाई अघिलो दिन सोमबार काम विशेषले सदरमुकाम राजविराज आएको बेला उनलाई पक्राउ गरेका थियो । २०६४ साल देखि चलेको कर्तव्य ज्यान तथा डाँका मुद्दामा यादव सहित ९ जना आरोपि थिए ।
उनी माथिको यो मुद्दा मुलतविमा थियो । त्यति बेलाको आदेशमा मुलतविमा राखिएको अनुसन्धान गर्न २०६४ असार ९ मा माओवादी नेता चौधरीको हत्या भएको थियो । उनका दिदि रिताको जहेरीले अदालतले कर्तव्य ज्यान तथा डाँका मुद्दा गरेका आदेशा अनुसार यादवलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost