जापानद्वारा फुकुशिमाको पानी निकास, चीनद्वारा आलोच

टोकियो । जापान सरकारले फुकुशिमा आणविक केन्द्रबाट प्रशोधन गरिएको पानी समुद्रमा निकास सुरु गरेको छ। अर्थव्यवस्था, व्यापार तथा उद्योगमन्त्री यासुतोशी निशिमुराले सोमबार एक पत्रकार सम्मेलनमा भने, ‘सुरक्षा सुनिश्चित गर्न र यसबाट जापानको ख्यातिमा भएको क्षतिलाई सम्बोधन गर्न प्रयासहरूको स्थिति पुष्टि गरी पानी निकास गर्ने निर्णय गरिएको हो।’

जापानका प्रधानमन्त्री फुमियो किशिदाले सन् २०११ मा तीनवटा रिएक्टर ध्वस्त भएको आणविक ऊर्जा केन्द्रको भ्रमणका क्रममा कुनै मिति नतोकिएको आइतबार बताएका थिए। सन् २०११ मा आएको भूकम्प र सुनामीका कारण फुकुशिमाको प्लान्ट ध्वस्त भएपछि करिब १३ लाख ४० हजार टन पानी जम्मा भएको छ, जुन ५०० भन्दा बढी ओलम्पिक स्विमिङ पुल बराबर हो।

प्लान्ट अपरेटर टेप्कोका अनुसार अहिले करिब एक हजार स्टिल ट्याङ्की बराबर पानीले भरिएका छन्, ठाउँ समाप्त भएको छ र यो बिस्तारै पानीमुनिको पाइपमार्फत प्रशान्त महासागरमा निकास गर्नुको अर्को विकल्प देखिएको छैन। टेप्कोले खतरनाक रेडियोधर्मी तत्वहरू फिल्टर गरिएको र यसले छोड्न लागेको पानी सुरक्षित रहेको बताएको छ।

जापानको समुद्री खाना (सी फुड)को सबैभन्दा ठूलो बजार चीनले जापानको उक्त योजनाप्रति विरोध जनाएको छ र १० वटा जापानी प्रान्तबाट खाद्यान्न ढुवानीमा प्रतिबन्ध लगाउने बताएको छ। जापानी र चिनियाँ सञ्चार माध्यमले चिनियाँ भन्सार तथ्याङ्कलाई उद्धृत गर्दै भनेका छन्, ‘यी समय लाग्ने जाँचका कारण गत महिना चीनमा जापानी समुद्री खानाको आयातमा ३० प्रतिशतले कमी आएको छ।जापानको मत्स्य पालन उद्योगमा धेरैले यस कदमको विरोध गरेका छन्। उक्त पानीको निकासले विदेशमा जापानी समुद्री जनावरको निर्यातमा ठूलो क्षति पुर्‍याउनेछ।’

किशिदाले स्थानीय मछुवाहरूलाई क्षतिपूर्ति गर्न ३० अर्ब येन (२०० मिलियन अमेरिकी डलर) कोषको प्रतिज्ञा गरेका छन्। सोमबार राष्ट्रिय मत्स्य सहकारी संस्थाका प्रमुख मासानोबु साकामोतोलाई भेटेपछि उनले भने, ‘सरकारले सुरक्षा सुनिश्चित गर्न, सी फुडको प्रतिष्ठामा असर पर्न नदिन र जनताको जीविकोपार्जनलाई जीवित राख्न सक्दो तयारी गरेको छ र हामी यसका लागि स्पष्टीकरण दिइरहेका छौँ।

जापानले निकास गरिएको पानीमा बस्ने माछाबारे लाइभस्ट्रिम गर्नेदेखि अनलाइन गलत सूचनाको सामना गर्ने प्रयाससम्मका लागि देश र विदेशमा जनमत जित्ने प्रयासमा महिनौं बिताएको छ। यस सम्बन्धमा दक्षिण कोरियामा पनि जनचासो उच्च रहेको छ।’

जापानसँगको सम्बन्धलाई चिर्न खोजेको उसको सरकारले योजनाको पुनरावलोकन गर्दा यो अन्तर्राष्ट्रिय मापदण्डअनुरुप रहेको बताएको छ। टेप्कोका अनुसार प्रशोधन गरिएको पानी दैनिक अधिकतम पाँच लाख लिटरसम्म छोड्नु सफाइको एउटा चरण मात्र हो।

योभन्दा खतरनाक काम भनेको तीनवटा रिएक्टरबाट रेडियोधर्मी फोहोर र अत्यधिक खतरनाक आणविक इन्धनको निकासलाई समुद्रमा जानबाट रोक्नु हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको