काठमाडौं । सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले निजामती कर्मचारी भित्रका सोच र तौर तरिकामा सुधार गर्नुपर्ने बताएका छन् ।
शुक्रवार सिंहदरबारमा २० औँ निजामती सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले यस्तो बताएका हुन् ।
मुख्यसचिव अर्यालले एकात्मक ढाँचाको प्रशासन यन्त्रलाई संघीय शासन व्यवस्था अनुकूल हुनेगरी रूपान्तरण गर्न निजामती कर्मचारी भित्रका सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए।
उनले नागरिकले अपेक्षा गरेअनुरूप आफूलाई गतिशील र प्रभावकारी बनाइ कानुनको कार्यान्वयन, नागरिकमैत्री सेवाप्रवाह, सदाचार र निष्ठासहित २१ औँ शताब्दीको सार्वजनिक प्रशासनका आदर्श, मूल्यमान्यतामा आफूलाई खरो उतार्नुपर्ने चुनौती निजामती कर्मचारीसामु रहेको पनि बताए ।
मुख्यसचिव अर्यालले मुलुकको प्रशासन यन्त्रलाई सक्षम, गतिशील र परिणाममुखी बनाउन निजामती सेवाभित्र रहेका समस्याको उचित समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा संघीय इकाइबीच प्रशासनिक अन्तरसम्बन्ध कायम हुन कठिन भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको