राजबिराज । परराष्ट्र मन्त्रालयले आज नेपालका लागि चिनियाँ राजदूत चेङ सोङलाई सिंहदरवारमा बोलाएको छ । स्रोतका अनुसार राजदूतलाई दुईवटा कुरा भनिएको छ । पहिलो चीनलाई नेपालको नक्सामा कालापानी देखाउन भनिएको छ । दोस्रो, तेस्रो मुलुकसँगको नेपालको सम्बन्धबारे कुनै टिप्पणी नगर्न भनिएको छ ।

यो कदम चिनियाँ राजदूतको भर्खरको विवादास्पद बयान पछि आएको हो जसमा उनले भारतलाई नेपालको “दुर्भाग्य” भनेका थिए। राजदूतको भनाइले नेपालमा व्यापक आक्रोश र विरोध भएको थियो।

नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न राजदूतलाई आग्रह गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

चिनियाँ राजदूत सोङले सेप्टेम्बर ३, २०२३ मा एक सम्बोधनको क्रममा नेपालले भारतसँगको आर्थिक सम्बन्धलाई घटाएर चीनसँग थप घनिष्ट सम्बन्ध राख्न आवश्यक रहेको बताएका थिए। उनले नेपालले भारतसँगको व्यापार घाटा भोग्दै आएको र यसको उत्पादन क्षेत्र संकुचित हुँदै गएको बताए । उनले चीनबाट नेपालले आर्थिक विकासको पाठ सिक्नुपर्ने बताए ।

चेङको भनाइको नेपालमा चौतर्फी आलोचना भईरहेको छ । धेरैले उनलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र देशको स्वाधीनतालाई खतरामा पारेको आरोप लगाएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको