राजविराज । राजगढ गाउँपालिकाको शंकर माध्यमिक विद्यालयमा रहेको बेथिति विरुद्ध स्थानिय शिक्षा प्रेमि तथा जनमत पार्टी आवद्ध नेताहरुले विभिन्न माग राख्दै आन्दा्ेल गर्ने चेतावनी दिएका छन । उनिहरु सोमवार गाउँपालिका वडा नम्बर ३ मा रहेको शंकर माविमा शिक्षकहरु वीच रहेको द्वन्द्वको बारेमा गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृतलाई ६ बुंदे माग सहितको ज्ञापन पत्र समेत बुझाएको छ ।
जनमत पार्टीका नेता अशोक कुमार साहको अगुवाईमा गाउँपालिका पुगेको टोलिले प्रमूख प्रशासकिय अधिकृत धीरेन्द्र कुमार यादवलाई ज्ञापन पत्र बुझाएका छन ।
बुझाएको ज्ञापन पत्रमा नयाँ दरबन्दी बदर गरी नक्कल उपलब्ध गराउने , विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लोकतान्त्रीक प्रक्रियावाट पुनः चयन गर्ने , एइइ पास भएका विद्यार्थीहरुको प्रमाण पत्र वितरण नियमित पठन पाठन तथा समयमा परिक्षा संचालन गर्ने , विद्यालयमा अपुग फर्निचर पुर्ति गरि उभेर पढने प्रबृति अन्त गर्ने , वर्तमाण प्रधानाध्यापकलाई आर्थिक जिम्मेवारी सहित विद्यालय संचालनको जिम्मेवारी दिने , दरबन्दी नभएको ठाउँमा स्वंयमसेवक शिक्षकहरुको व्यवस्था मिलाउने लगायत मागहरु उल्लेख गरिएको छ । ज्ञापन पत्रमा उम्लेख भएका मागहरुलाई बेवास्ता गरे चरणवद्ध रुपमा आन्दोनको धोषणा गर्ने चेतवानी समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको