
एजेन्सी । संयुक्त राज्य अमेरिका र भियतनामले विवादित दक्षिण चीन सागरमा चिनियाँ पानीजहाजबीच भएको पछिल्लो झडपको केही दिनपछि सोमबार ‘ बल प्रयोग’ नगर्न चीनसँग आग्रह गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र भियतनामको कम्युनिस्ट पार्टीका प्रमुख गुयेन फु ट्रोङले रणनीतिक जलमार्गमा प्रतिस्पर्धात्मक दाबीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार समाधान गरिनुपर्ने बताएका छन् ।
दुई नेताले यस क्षेत्रमा चीनको बढ्दो आक्रामकताको सामना गर्ने तरिकाको रूपमा व्यापक रूपमा हेरिएको सहयोगलाई अझ प्रगाढ बनाउने सम्झौता गरेको एक दिनपछि यो वक्तव्य आएको हो । व्यापार, सुरक्षा, मानव अधिकार र जलवायु परिवर्तनलगायत विविध विषयमा वासिङ्टन र बेइजिङबीच विवाद भइरहेको छ र चिनियाँ प्रभावको सामना गर्न आफ्ना सहयोगीहरूको सञ्जाल बढाउन खोजिरहेको छ ।
गत साता फिलिपिन्सले चिनियाँ तटरक्षक बल र ‘लडाकू’ डुङ्गाले सेकेन्ड थोमस शोलमा फिलिपिनो सेनालाई आपूर्ति गर्ने क्रममा आफ्नै दुई तटरक्षक जहाजलाई सताएको आरोप लगाएको थियो ।