
राजविराज । नेवि संघ सप्तरीले विपी कोइरालाको ११०औं जन्जयन्तीको अवसरमा मंगलबार विचार गोष्ठीको आयोजना गरेको छ ।
नेवि संघ सप्तरीका सभापति राकेश ठाकुरको अध्यक्ष तथा नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहको प्रमुख आतिथ्यमा आयोजित विचार गोष्ठीका सहभागि वक्ताहरुले विपी कोइरालाले राजनीतिक र साहित्यीक क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै उनको विचार चिन्तनको जगमा काँग्रेसलाई अगाडी बढाउनु पर्नेमा जोड दिए ।
गोष्ठीमा काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, सचिव सनतकुमार मण्डल, संगठन विभाग प्रमुख बद्रि महात्मान यादव, क्षेत्र नं. १ को १ का सभापति उमेश मिश्र, नेवि संघका केन्द्रिय सदस्य तिर्थनारायण दास, राजविराज नगरपालिका ६ का बुथ सभापति राजकुमार चौधरी लगायतका वक्ताहरुले स्व. विपिको योगदान बारे चर्चा गरेका थिए ।