राजकुमार साह
कञ्चनपुर ।सप्तरीको कञ्चनरुप नगरपालिकाले इन्धनमा एक करोड भन्दा बढी रकम खर्च गरेको छ,भने २४ लाख भन्दा बढीको इन्धन खरिदै नगरी एक कम्पनीलाई भुक्तानी गरेको पाइएको हो ।

बितेको आर्थिक वर्ष २०७९/८०मा कञ्चनरुप पालिकाले विभिन्न शिर्षकमा गरि एक करोड ४ लाख ३२ हजार एक सय ३३ रुपैयाँ इन्धनमा खर्च गरेको पालिकाका तथ्यांकले जनाएको छ ।
जसमा मेशर्स किशोर एण्ड सन कञ्चनरुप-८ सप्तरीलाई ७४ लाख ४४ हजार र एम. स्कायर मल्टिपप्रोज प्राइभेट लिमिटेड कागेश्वरि मनोहरा नगरपालिकालाई २४ लाख ८८ हजार एक सय ३३ रुपैयाँ भुक्तानी गरेको छ ।

पालिकाले उपलब्ध गराएका तथ्यांकअनुसार सुरक्षीत मातृत्व कार्यक्रम अन्तर्गत इन्धनमा २९ लाख ८८ हजार एक सय ३३ रुपैयाँ खर्च गरेको छ । जसमध्ये उक्त कार्यक्रम अन्तर्गत ५ लाख बराबरको इन्धन मेशर्स किशोर एण्ड सन सङ खरिद गरेको हो ,भने एम. स्कायर सङ इन्धन खरिदै नगरी २४ लाख८८हजार एक सय ३३ रुपैयाँ भुक्तानी गरेको छ ।
पालिकाले इन्धन लगायतका विभिन्न शिर्षकमा कुमै नगरी करोडौं रकम भुक्तानी गरेको यस अघि विभिन्न सञ्चार माध्यममा समाचार सार्वजनिक भैसकेको छ ।
गत आर्थिक वर्ष २०७८/७९ मा ८१लाख इन्धनमा खर्च गरेको थियो ।
यस बारे नगर प्रमुख ललन प्रसाद गुप्ता सङ बुझने प्रयास गर्दा सम्पर्कमा आउन चाहेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको