काठमाडौँ । राजकीय सम्मानका साथ संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको  पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

नेम्वाङको पार्थिव शरीरलाई उनका दुई छोराले दागबत्ती दिएका छन् ।

नेम्वाङको अन्त्येष्टि नेपाली सेनाको एक टुकुटीले तोपसहितको सलामी अर्पण गरेको थियो ।

यसअघि पशुपति आर्यघाटमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सरकारको तर्फबाट सम्मान व्यक्त गरेका थिए ।

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाए ।

पशुपति आर्यघाट पुगेर सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायतका विभिन्न राजनीतिक दलका शीर्ष नेता, नेता तथा कार्यकर्ता शुभेच्छुकले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको