एजेन्सी । याङटे नदी र एलो समुद्रको मुहानको नजिक नानटोङ सहर। त्यसै सहरमा अहिले प्रौढको सङ्ख्या बढ्दो छ। झट्ट हेर्दा त्यो सहर नै अवकाश प्राप्तको सहर झैँ देखिन्छ। वृद्धको स्याहार सुसार गर्ने, सफा सुग्घर गरिदिने तथा खानेकुराको व्यवस्थापन गरिदिने नै त्यहाँको मुख्य काम भएको छ।

सन् २०२० को जनगणनाको आधारमा भन्ने हो भने चीनको सबै भन्दा पुरानो सहर नानटोङमा ३० प्रतिशत भन्दा बढी ६० वर्ष उमेर पार भएकाहरू छन्। देशको औसत भने १८ दशमलव ६ प्रतिशत यस्ता प्रौढको सङ्ख्यामा अडिएको छ। नानटोङको कुल जन सङ्ख्या त्यो समयमा ७७ लाख थियो। चीनको आधुनिक औद्योगीकरणको उद्गम मानिएको सो स्थानमा सन् १८९० मा पहिलो पटक टेक्सटाइल उद्योगको विकास भएको थियो।

सन् १९९० मा नजिकका सहर सुझाउ र संघाईमा मानिसको उपस्थिति बढ्न थालेसँगै नानटोङको आकर्षण घटेको थियो।भू-राजनीतिक महत्त्व बोकेका यो स्थानका धेरै विद्यालय बन्द हुने तथा फार्मेसीमा बच्चा र प्रौढहरूका लागि सामग्री किन्नेको मात्र भिड लाग्ने गरेको छ।

अहिलेको अवस्थालाई हेर्ने हो भने सन् २०३५ सम्ममा चीनमा चार सय मिलियन ६९ वर्ष माथिको प्रौढ हुनेछन्। यो भनेको कुल जनसंख्याको ३० प्रतिशत हो। सन् १९६१ यता पहिलो पटक जन्मनेको तुलनामा गत वर्ष मर्नेको सङ्ख्या बढी भएको थियो।
समग्र चीनमा नै प्रौढको सङ्ख्या बढेका कारण आर्थिक क्षेत्रमा संकट उत्पन्न भएको छ। गत वर्ष मात्र चीनको जनसङ्ख्या सन् १९६१ यता पहिलो पटक घटेको हो। त्यहाँको तानासाही शासनमा लाखौँको ज्यान लिएपछि त्यस समयमा अल्पकालीन रूपमा जनसङ्ख्यामा असर परेको थियो।

अहिले त्यहाँ काम गर्ने जनसङ्ख्या घटीरहेका छन्। यसको असर अझ लामो समयसम्म पर्न सक्नेछ। वान चाइल्ड पोलिसिका कारण सन् १९८० देखि २०१६ सम्म यसको व्यापक असर परेको थियो।

पछिल्लो समय एसियाका तीन देश जापान, चीन र दक्षिण कोरिया नै सबै भन्दा प्रौढको देश भएको छ। दक्षिण कोरियाको जन्मदर सबै भन्दा कम छ। सिंगापुर थाइल्यान्ड र ताइवानमा पनि जन्मदार घटी रहेको छ।

भियतनाम र फिलिपिन्समा पनि जनसङ्ख्या घट्दो क्रममा छ। त्यही देश समृद्ध हुन्छ जुन देशमा अवकाश पछिको जीवन आनन्ददायी हुन्छ।

सन् १९८० बाट उठेको आर्थिक स्तरका कारण जापानमा खासै समस्या छैन। बढ्दो उमेरका नागरिकको कारण चीनमा समस्या धेरै भएको युनिभर्सिटी अफ सिड्नीका चाइना स्टडीज सेन्टरका एसोसीएट प्रोफेसर लाउरेन जोन्टसन बताउँछन्।

चीनलाई अहिले धेरै अर्थमा अप्ठेरो छ। उच्च आर्थिक आम्दानी भएको देशको रूपमा नरहनुका बाबजुद त्यहाँ बढ्दो उमेरका नागरिकको सङ्ख्या बढी छ। त्यहाँको पेन्सन प्रणाली र स्वास्थ्य सुरक्षाको सवालमा धेरै समस्या उत्पन्न हुनसक्ने जनाइएको छ। यसका बाबजुद पछिल्लो समय घट्दो जन्मदरका कारण चिनियाँ नेताहरूले खतराको घण्टी बजीरहेको महसुस गरेका छन्।

‘सन्तुलनका लागि सन् २०२२ मा जन्मदर २ दशमलव १ आवश्यक थियो। तर, १ दशमलव ३ या त्यो भन्दा कम हामीले चाहेका होइनौ,’ चिनियाँ जनसङ्ख्या एसोसिएसनका प्रमुख झाइ झन्जुले भने। उनले १ दशमलव ५ देखि १ दशमलव ६ सम्म भए यसले धेरै कुरा मिलाउन सहज हुने बताएका छन्।

सघाइ एकेडेमी अफ सोसल साइन्सले सन् २०२१ सम्ममा त्यहाँको जनसङ्ख्या ५८७ मिलियन हुने अनुमान गरेको छ। त्यो अहिलेको भन्दा आधा हो। त्यसो भएमा एक सय काम गर्ने मानिसको तुलनामा एक सय २० प्रौढ हुनेछन्।

सन् १९८० देखि २०१६ सम्म कायम रहेको वान चाइल्ड पोलीसीले आर्थिक भार कम गर्ने अनुमान भए पनि काम गर्ने मानिसको संंख्यामा आएको कमीका कारण यसले यावत समस्या निम्तिएको छ।

सोही नीतिका कारण धेरै परिवारमा पीडा छरेको छ। त्यसको साइड इफेक्ट अझै परेको छ। महँगो जीवनका कारण विवाह गर्न नै चाहनेको सङ्ख्या बढी रहेको छ।

सन् १९७८ मा चीनले जनसङ्ख्या घटाउन आवश्यक रहेको जनाएको थियो। तत्कालीन समयमा सरकारले बनाएको जनसङ्ख्या वृद्धिदर १ प्रतिशत भन्दा कम बनाउने नीतिको नजिक १९९८ मा पुगेको हो।

सन् २०१६ मा दुई बच्चाको नीति लिएको चीनले सन् २०२० मा वास्तविकता बुझ्दै तीन बच्चाको नीतिलाई स्वीकार गरेको हो। परन्तु, जनसंख्याको दर निरन्तर घटी नै रहेको छ।

कोभिड महामारीको समयमा मर्नेको सङ्ख्या चिनियाँ सरकारले लुकाएको थियो। लामो समय लिइएको जिरो कोभिड नीतिले त्यहाँ निराशा पैदा गराएर बच्चा जन्माउन चाहना नै घटेको थियो।

सन् २०१३ सम्म चीनमा लिइएको जिरो कोभिड नीतिप्रति सरकार सन्तुष्ट थियो। सन् २०१७ मा चीनले सन् २०३० सम्म जनसङ्ख्या पिकमा नै रहने अनुमान गरेको थियो। चीनले अनुमान गरे भन्दा एक दशक अगाडि नै जनसङ्ख्या घट्ने क्रमको सुरुवात भएको हो।

चीनमा अवकाश प्राप्त उमेरमा पनि पुर्नविचरा गर्नसक्ने अवस्था आइसकेको छ। त्यहाँ पुरुषको अवकाश उमेर ६० वर्ष रहेको छ। यसै गरी, कार्यालयमा काम गर्ने महिलाको लागि ५५ तथा मजदुरी गर्नेका लागि ५० वर्ष उमेर तोकिएको छ। पछिल्लो समयमा भने चिनियाँ सरकार यस विषयमा अत्यन्त सचेत देखिएको छ।

काम गर्ने मानिसको सङ्ख्या घटेका कारण जापानमा सन् १९९० को दशकलाई लस्ट दशकको रूपमा लिइने गरिन्छ। चीनमा सन् २०१५ बाट जनसङ्ख्या घट्नेक्रम देखिएको थियो।

यसरी जनसंंख्या घट्दै जाँदा जापानमा आम्दानीको तुलनामा पेन्सनको क्रम बढी रहेको थियो। यसले डलरको तुलनामा त्यहाँको मुद्राको भाउ पनि घटी रहको थियो। यसै कारण हरेक दिन अर्थतन्त्र अझ बढी सङ्कटमा परी रहेको थियो।

त्यस्तै संकट त चीनमा छ। अहिले थप संकट पनि देखिएका छन्। भौतिक संरचना र प्रोपर्टी क्षेत्रको समस्याले गर्दा ओरालो लागेको अर्थतन्त्र माथि उठ्न त्यत्तिकै कठिन छ। फसेको ऋण त्यहाँको अर्को समस्या हो।

त्यहाँ अर्थतन्त्र मात्र होइन, ऊर्जा क्षेत्रमा पनि बढ्दो उमेरका कारण समस्या थपिएका छन्। स्प्रिन्गर लिङले सन् १९९७ देखि २०२० सम्मको दीर्घकालीन र अल्पकालीन असरको अध्ययन गरेको थियो।

सो अध्ययनले देखाए अनुसार प्रौढको सङ्ख्या १ प्रतिशतले वृद्धि हुँदा ऊर्जामा शून्य दशमलव ३४ प्रतिशतले कमी आएको थियो। नयाँ प्रविधिको विकास भए पनि यसले ऊर्जा छेत्रमा खासै प्रभाव राख्न सकेन।

चीनको अहिलेको आर्थिक अवस्थालाई न्यु नर्मलको नाम पनि दिइएको छ। चाइनिज एकेडेमी अफ सोसल साइन्स र पिपुल बैंक अफ चाइनाका नीति सल्लाहकार काइ फाङले यो कुरा बताएका हुन्। पोस्ट कोभिड अवस्थालाई यसरी व्याख्या गरिएको हो।

सन् २०२३ मा चीनका धेरै वाणिज्य बैङ्कले आफ्नो वृद्धिको लक्ष्यलाई घटाएका छन्। यसको मूल कारण नै क्रयक्षमतामा आएको कमी, प्रोपर्टी क्षेत्रमा आएको समस्या तथा ऋणको समस्या मानिएको छ।

त्यहाँ प्रौढको मात्र समस्या छैन। युवा बेरोजगारीको समस्या पनि त्यत्तिकै बढेको छ। हरेक महिना १६ देखि २४ वर्षमा बेरोजगारीको समस्या बढी रहेको छ। देशको अवस्था बिग्रँदै गएको समयमा चिनियाँ सरकारले अगस्ट महिनादेखि सबै विषयको डेटा सार्वजनिक नगर्ने नीतिसमेत लिएको छ। मागमा आएको कमी त चीनको अर्को महत्त्वपूर्ण समस्या हुँदै हो।

कोभिड महामारीपछि लिइएको जिरो कोभिड नीति, प्रोपर्टी मार्केटमा आएको समस्या, फसेको ऋणसँगै कम गर्ने उमेरको सङ्ख्यामा आएको कमीका कारण चीन उठ्नै नसक्ने मारमा परेको छ। एसिया निक्के, नलेज इनस्टडी, लिन्क स्प्रिन्गर र एससीएमपी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको