एजेन्सी ।  चीन संसारको दोस्रो ठुलो अर्थतन्त्र हो। तर, अहिले यो इतिहासकै सबैभन्दा ठुलो समस्याको सामना गरिरहेको छ। गएका दुई वर्षमा आर्थिक वृद्धिदर आधा भएको छ। राष्ट्रपति सी चिन फिङले ल्याएको जिरो कोभिड नीतिका कारण महामारीपछि पनि चीन आन्तरिक र बाह्य व्यापारमा असफल भएको छ।

सीको नीतिका कारण प्रोपर्टी व्यवसाय ध्वस्त भएको छ। सीको तानाशाही राज्य व्यवस्थाका कारण यो समस्या आएको त होइन भन्ने चासो अहिले सर्वत्र छ।

यस बारेमा कोर्नल विश्व विद्यालयका प्राध्यापक तथा ब्रोकिङ इन्सटिच्युट चिनियाँ विशेषज्ञ एसवार प्रसादले आफ्नो अन्तरवार्ताको क्रममा छर्लङ्ग पार्ने प्रयास गरेका छन्। सो अन्तरवार्तामा उनले सीले कसरी आर्थिक सुधारका विषयमा हिचकिचाइका छन् भनेर बताएका छन्।

उनले आफ्नो अन्तरवार्ताको क्रममा चिनियाँ अर्थतन्त्र कमजोर हुनुका कारण देखाएका छन्। आधुनिक विश्वमा आर्थिक विकासका मुख्य आधार लगानी नै हो। तथापी यसको मतलब यो होइन कि लगानीका लागि पनि भरपर्दा आधार नै चाहिदैन। चीनले लगानी गरेको क्षेत्र भरपर्दो थिएन। जनशक्तिको गुणस्तरमा ह्रास आउदै गएको थियो। आन्तरिक र बाह्य लगानी जोखिमयुक्त भयो। प्रोपर्टी क्षेत्र ध्वस्त भएको छ तथा फसेको ऋण चीनको समस्या भएको कुरा उनले पनि आफ्नो अन्तरवार्तामा उल्लेख गरेका छन्।

सामान्य तथा अर्थतन्त्र कमजोर रहेको समयमा यसलाई सम्हाल्न केही उपाय छन्। यसै किसिमको वित्तिय नीति आवश्यक हुन्छ। करको दायरा घटाउने र राज्यले धेरै पैसा नागरिकसँग हुने वातावरणको विकास गरेमा आर्थिक गतिविधिको वृद्धि हुन्छ। यसले उत्पादनलाई सहयोग पुग्छ। तर, अहिले चीनका लागि यो पनि जोखिम नै हुनसक्छ। सबैलाई आफ्नो भविष्य सुरक्षित भएको महसुस छैन। यसकारण नागरिकसँग पैसा भए पनि त्यो खर्च नभएर बचत नै हुने सम्भावना बढी छ। यसकारण आर्थिक गतिविधि पनि ठप्प हुनसक्छ।

सुशासन, सही अडिटिङ र करको दायराका लागि अर्थतन्त्रमा राज्यको हस्तक्षेप अनिवार्य हो। यसो नभएमा मनपरीतन्त्र बढ्दै जाने र निजी कम्पनीले नै अर्थतन्त्र धारासायी बनाउने सम्भावना प्रबल हुन्छ। तर सीको शासनकालमा यो भन्दा फरक परिस्थितिको सामना चीनले गरेको छ।

राज्यले नै सबै कुरा नियन्त्रणमा राख्नसक्छ र सबै संकट टार्न पनि सक्छ भन्ने गलत बुझाइमा राष्ट्रपति सी रहे। यसै कारण उनको कार्यकालमा खर्च गर्ने क्षेत्रका बारे पनि नागरिकको विवेकले काम गर्न सकेन। राज्यको भूमिका नागरिकले यसमा नै धेरै खर्च गर्नुपर्छ भन्ने शैलीको थियो। यो मोडल पूर्ण रुपमा असफल भएको छ। अहिले त्यसैको मारमा चिनियाँ अर्थतन्त्र परेको छ।

लगानी गर्ने उत्पादन गर्ने क्षेत्रमा फर्महरुले कामदारको संख्या बढाए हुन्छ भन्ने चिनियाँ मान्यतासमेत पूर्ण रुपमा असफल भएको छ। जनशक्ति बढाउन भन्दा नयाँ प्रविधि र शैलीको उपकरण गरेर उत्पादन शैलीमा नै पवरिवर्तन गर्नुपर्ने आवश्यकतालाई चिनियाँ सरकारले बुझ्नै सकेन। चीनले सन् २०३० सम्ममा कुल गार्हस्थ उत्पादनमा दुई गुणाले वृद्धि गर्ने लक्ष्य लिएको छ, जुन कुरा सम्भव देखिँदैन।

अहिले संसारका सबै अर्थशास्त्री र विज्ञले चीनको ओरालो यात्रा देखेका छन्। यसबाटमाथि उठ्न सक्ने कुनै आधार नै देखिएको छैन। यसका केही मुख्य आधार छन्। चिनियाँ लगानीका आधार भरपर्दा भन्दा जोखिमयुक्त छन्। गएको एक दशकमा विभिन्न संकट नआएको होइन।

सन् २०१४–१५ को बीचमा मौद्रिक संकट देखिएको थियो। चीनले त्यस अवस्थामा सही ढंगले पार पाएको थियो। अहिले समय फेरिएको छ। अहिले धेरै विषयमा चिनियाँ संकट थपिएको छ।

अहिले चिनियाँ संकट भनेको कामदारको संकट हो। बेरोजगारी समस्या हो। उपभोगमा आएको समस्या हो। सेवा प्रदायक क्षेत्रको लगानी र घरायसी वस्तुको क्षेत्रमा हुने लगानी नै आर्थिक वृद्धिका मेरुदण्ड हुन्। चीनले यसमा सही छनोट गर्न सकेको छैन। यसै कारण अहिले चिनियाँ संकट अझ बढ्दै गएको छ।

एसवारले दक्षिण पूर्वका केही देशले चिनियाँ मोडल नै अपनाएका कारण यसले संकट निम्त्याउन सक्ने चेतावनीसमेत दिएका छन्। उनको विचारमा बजारले अनुशासको दायरा तय गरे सही व्यवस्थापनसहित चलेको अर्थतन्त्रले उपभोक्तालाई सन्तुष्टि दिनसक्छ। यसले अर्थतन्त्र दरिलो पनि हुनसक्छ। राज्यले धेरै नियन्त्रणमा राखेको टिकाउपूर्ण हुन नसक्ने कुरा नै चीनको अहिलेको अवस्थाले देखाएको उनको पनि मत छ।

अहिले चीनमा देखिएको समस्याको असर संसारका अन्य धेरै देशमा चाँहि पर्ने छैन। यसको कारण एउटै हो कि चिनियाँ अर्थतन्त्रसँगको वित्तिय कारोबार धेरैको छैन। अमेरिका लगायत पश्चिमा देशको सेयर मार्केटमा पनि चीनको अर्थतन्त्रको असर छैन। तर सामान आयात निर्यात गर्ने धेरै देशमा भने चीनको बिग्रदो अर्थतन्त्रले संकट ल्याउन सक्ने बजारको क्रय मूल्यमा नै यसले असर गर्न सक्नेछ। खासमा तेल निर्यातकर्ता देशमा चीनको समस्याले प्रभाव पार्नसक्ने छ।

चीनले लिएको जिरो कोभिड नीतिले त्यहाँको अर्थतन्त्रलाई नराम्रारी गाँजेको साँचो हो। यसले सामाजिक रुपमा पनि धेरै नकरात्मक असर गरेको थियो। अहिले आएको संकटको मुख्य कारण त्यो हो। तर यसमा अन्य धेरै कारण पनि छन्।

गएको १० वर्षमा सी सत्ताले आर्थिक नीतिमा कुनै परिवर्तनको आवस्यकता नै देखेन। केन्द्रीय बैंकको स्वयत्तता, वित्तीय क्षेत्रको स्वतन्त्रता र उपभोक्ताको उपभोगको छनोटको अधिकारलगायत विषयमा राज्यको नीति जर्बरजस्ती थियो। यसैका उपज चीनमा अहिले देखिएको छ। सायद यसमा विचार गर्ने पक्षमा चिनियाँ सरकार जान्छ वा जाँदैन भन्ने प्रतिक्षाको विषय हो।

लोयल्सीले मार्च महिनामा प्रकाशित गरेको एक प्रतिवेदन अनुसार चीनको अर्र्थतन्त्र सुधारिने भन्दा अझ डुब्न सक्ने सम्भावना प्रबल मानिएको छ। त्यो प्रतिवेदनमा युवा बेरोजगारी, प्रोपर्टी क्षेत्रमा आएको संकट तथा फसेको ऋणकै कारण चीन अझ ओरालो यात्रामा निरन्तर रहने जनाएको हो।

रिपोर्ट अनुसार पनि चीनमा नागरिकको दैनिक उपभोग्य सामग्रीको क्रय क्षमतामा नै ह्रास आएको छ। यसको अझ लामो समयसम्म कायम रहनसक्छ। नयाँ हाउजिङको सम्भावना कम छ। नागरिकको क्रय क्षमतामा वृद्धि गर्नु अर्थतन्त्रलाई गतिशील बनाउनु मुख्य आधार भए पनि अहिले चीनमा यो सम्भावना कम छ।

अहिले संसारमा मुद्रास्फिीतीको समस्या छ। यसको मतलब चीनमा यसले कुनै असर गर्दैन भन्ने होइन। पश्चिमा धनी देशले बजारमा चीन प्रतिको निर्भरतालाई हटाउने छन्। यसले आपूर्तीको चेनलाई असर गर्नेछ। विकसित देशले चीनलाई विश्वव्यापी उत्पादनको क्षेत्रमा आश्रृत हुनका लागि प्रेरित गर्ने छन्। यसले बजारमा चिनियाँ उत्पादनको सामग्रीको निर्यातमा नै प्रभाव पार्ने छ।

अहिले आएको समस्याका कारण एभरग्रान्डे र कन्ट्री गार्डेन जस्ता निर्माता संकटमा परेका छन्। ऋणमा निर्मातालाई विश्वास छैन। खरिदकर्तासँग खरिदका लागि पैसा छैन। निर्माण गरिएको सबै घर थन्किएका छन्। स्रोतः न्यु योर्कर डटकम, लोइ इन्सटिच्युट, डेली स्टार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको