
कञ्चनपुर । सप्तरीको कञ्चनरुप नगरपालिकाले चिया खाजामा मात्रै बार्षिक लाखौं खर्च गर्दै आईरहेको छ ।
नगरपालिकाबाट प्राप्त तथ्यांक अनुसार चिया,खाजा खर्चमा बार्षिक २५ लाखभन्दा बढी खर्च गरेको खुलेको छ ।
पालिकाले प्रत्येक महिना २ लाख १४ हजारका दरले चिया,खाजामा वार्षिक २५ लाख ६९ हजार खर्च गरेको प्राप्त आर्थिक बर्ष २०७९/०८० को तथ्यांकमा उल्लेख छ ।
पालिकाले एक बर्षमा सबैभन्दा बढी चिया,खाजा मनोज मिष्टान भण्डारबाट लिएको देखिन्छ । उक्त पसललाई १० लाख ५८ हजार ९ सय ३३ रुपैयाँ भुक्तानी गरेको लेखा परीक्षणको तथ्यांकमा उल्लेख छ ।
यस्तै बेल्टार सुष्मा होटेल एण्ड लजलाई ६ लाख ३७ हजार ३ सय ३३रुपैयाँ भुक्तानी गरेको पालिकाको तथ्यांकमा उल्लेख गरिएको छ ।
यसैगरी आयुष होटललाई ५ लाख ६ हजार ४ सय ६६ रुपैयाँ , न्यु फेमलि रिसोर्ट एण्ड सेकुवा कर्नरको १ लाख ४० हजार ९ सय ३३रुपैयाँ ,न्यु रोड रेष्टुरेन्ट एण्ड लजलाई ६१ हजार ३सय ३३ रुपैयाँ , अन्नपूर्ण होटेल एण्ड मदिरा पसललाई ३० हजार ८ सय र सप्तकोशी पुरानो बुढाको पेडा भण्डारलाई ३६ हजार २सय गरि एक बर्षमा कुल २५ लाख ६९ हजार चिया,खाजाका नाममा खर्च गरेको तथ्यांकमा उल्लेख छ ।