राजविराज  । सप्तरीका एक जना स्वास्थ्यकर्मी नै लागूऔषधसहित समातिएका छन् । जिल्लाको बोदे बर्साइन नगरपालिकामा स्वास्थ्य शाखा संयोजकको रुपमा कार्यरत राजनारायण ठाकुरलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ठाकुरलाई बोदे बर्साइन नगरपालिका ५ स्थित शत्रुद्यन चोकबाट पक्राउ गरिएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु.५५ प ५४३९ नम्बरको मोटरसाइकलमा सबार ठाकुरलाई प्रहरीले चेकजाँज गर्दा लागूआअ‍ैषध बरामद गरेको हो ।
उनको साथबाट नाइट्राभेट २७ ट्याब्लेट र स्पासमो १५ ट्याब्लेट बरामद भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।
लागूऔषधसहित पक्राउ परेका ठाकुरलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।
ठाकुर निकटकाले भने उनलाई फसाइएको प्रतिकृया दिएका छन् । कुनै व्यक्तिले उनको मोटरसाइकलमा लागूऔषध राखेर प्रहरीलाई फोन गरेर फसाएको ठाकुर नजिकको व्यक्तिहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
2

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको