शपथग्रहण पछि कार्कीले सर्वदलीय सरकार गठनको प्रयास गरेका थिए । गठबन्धनलाई सहभागी गराए सरकार छाड्ने एमालेको अडान र एमालेलाई बाहिर राख्नुपर्ने कांग्रेससहित गठबन्धन दलको दबाबका कारण उनले निर्णय लिन सकेका थिएनन ।
शुक्रबार बिहान सत्तारुढ गठबन्धन दलसँगको छलफलपछि उनी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक/एक जनालाई सरकारमा सहभागी गराएका थिए ।