विनय कर्ण
राजविराज – सप्तरीकोे विष्णुपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष परमानन्द यादवले राजनीतिक पुर्वाग्रहका कारण वडा कार्यालयमा तालावन्दी गरिएको बताएका छन् ।
उनले राजविराजमा बुधबार पत्रकार सम्मेलन गरि आफू तिर्थ यात्राका लागि भारत गएको बेला राजनीतिक प्रतिशोध लिन कार्यवाहक वडाध्यक्ष रितादेवी यादवलाई वडा कार्यालय बाहिर निकालेर तालावन्दी गरिएको आरोप लगाए ।
गत स्थानिय तहको चुनावमा जसपाबाट वडाध्यक्ष पदका प्रत्यासी उम्मेदवार राजेश कुमार रायले विष्णुपुर गाउँपालिकाका निलम्बित अध्यक्ष उमेश प्रसाद यादवको निर्देशनमा राजनीतिक प्रतिशोध लिन जनतालाई सेवा दिने वडा कार्यालयमा ताला लगाएर नागरिकको सेवा पाउने अधिकारलाई हनन गरेको वडाध्यक्ष यादवको आरोप छ ।
‘म तिर्थ यात्रका लागि भारत जानुपर्ने भएको हुँदा गत कार्तिक १२ गते वडा सदस्य रिताकुमारी सदालाई कार्य जिम्मेवारी तोकेर जानु अघि राजेश कुमार राय सहितका व्यक्तिहरु ६ बुन्दे माग सहितका निवेदन लिएर आए, मैले तोक लगाएर दर्तागरि तिहार छठ पछि आउनुस् माग गरिएको कागजहरु विष्णुपुर गाउँपालिका बाट ल्याउनु पर्छ र अहिले लेखापाल पनि निलम्बनमा गएपछि शाखा बन्द छ भनेको थिएँ’ उनले पत्रकार सम्मेलनमा भने ।
गत साउन ७ मा अख्तियारले छापामारेपछि बिष्णुपुर गाउँपालिकाका निलम्बित अध्यक्ष उमेश प्रसाद यादवलाई मैले नै फँसाएको निहुँमा निलम्बित अध्यक्ष यादव र स्थानिय जसपाका नेता एवं संघर्ष समितिका अध्यक्ष राजेश कुमार रायले म विरुद्ध लागेको वडाध्यक्ष यादवको भनाई छ । एक साता देखि वडा कार्यालय बन्द हुँदा सेवाग्राही भने मार्कामा परेका छन् ।
पत्रकार सम्मेलनमा वडा सदस्य रिता देवी सदाले वडाध्यक्ष बाहिर रहेकोले आएपछि कागजातहरु उपलब्ध गराउने भनेपनि उनीहरुले म र सचिवलाई कार्यालय बाहिर निकालेर तालावन्दी गरेको पत्रकार सम्मेलनमा बताईन् ।
यता विष्णुपुर गाउँपालिकाका निलम्बित अध्यक्ष उमेश प्रसाद यादवले वडा नम्बर ६ को कार्यालयमा तालाबन्दी गर्न आफैले कुनै निर्देशन नदिएको बताए । ‘तालाबन्दी गरेर जनताको काम प्रभावित बनाउने काम राम्रो होईन, मेरो कुनै निर्दैशन छैन र ताला लगाउनु कुनै पनि समस्याको समाधान होईन्’ उनले भने ।
यस्तै संघर्ष समितिका अध्यक्ष राजेश कुमार रायले वडाध्यक्ष यादव संग कुनै पुर्वाग्रह नराखेको प्रतिक्रिया दिएका छन् । उनले आफूहरुले ६ बुन्दै माग राखेर वडाध्यक्ष समक्ष कार्तिक १२ मा निवेदन दर्ता गराएको र कार्तिक १४ गते माग गरिएको सबै कागजहरु दिने प्रतिवद्धता जनाएर उनी आफै वडाकार्यालयमा अनुपस्थित हुँदा तालाबन्दी गरिएको बताए ।
स्थानियहरुले गठन गरेको संघर्ष समितिले आर्थिक बर्ष २०७९÷०८० बजेट सार्वजनिक, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, कर्मचारी भर्ना प्रक्रिया, पोखरी ठेक्कापट्टा, सोलारवत्ती जडान र उपभोक्ता समिति गठ्न प्रक्रिया सहितका ६ बुन्दे माग राखेर स्थानिय १८ जनाको हस्ताक्षरमा कार्तिक १२ गते निवेदन दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको