राजबिराज ।सत्ताले हैन सृजनात्मक राजनिति र त्यागले समाज परिवर्तन गर्न सकिने नेपाली राजनितिको लौहपुरुष गणेशमान सिंह र सुवर्ण शमशेको राजनैतिक जीवनबाट प्रेरणा लिन सकिने एक कार्यक्रमका वक्ताहरूले बताए ।
गणेशमान सिंहको १०८ औ जन्म जयन्ती तथा सुवर्ण शमशेरको ४६ औं स्मृति दिवसको अवसरमा सप्तरी कांग्रेसको आयोजनामा गरिएको विचार गोष्ठीमा बोल्दै वक्ताहरुले यस्तो बताएका हुन ।
दुवै नेता जीवनको राजनैतिक कालखण्डमा पदको महत्वकांक्षा राखेन , तत्कालिन प्रजातन्त्र स्थापनार्थ गरिएका राजनैतिक आन्दोलनमा जीवनभरीको श्रीसम्पति लगानी गरेको सुवर्ण शमशेर र गणेशमान सिंहको चिरस्मरणको निम्ती कांग्रेस पार्टीले के कस्ता कार्यहरू गरेको र गर्न सकिन्छ त्यको समिक्षा आवश्यक रहेको नेपाल प्रेस युनियन सप्तरीको अध्यक्ष विनय कर्णले बाताए ।
कांग्रेसका सप्तरी सभापति रामदेव साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश तर्फको क्षेत्रीय सभापति उमेश मिश्राले त्यस बखत देश र जनताको निम्ती २०४६ को आन्दोलनमा नेपाली कांग्रेसलाई आन्दोलनको नेतृत्व प्रदान गर्ने कार्यकर्तालाई भत्ता ‘ निर्वासन खर्च समेत व्यहोरेको इतिहास रहेको बताए । सम्पूर्ण नेपाली जनताको अधिकारको लडाई लड्न जनचेतना फैलाइएका महान नेता भएको सभापति साहले बताए । राजविराज विमानस्थलको उद्घाटन २०१६ सालमा नेता गणेशमान सिंहले गरेको इतिहासलाई धुमिल पार्न भ्रमित रुपले विमान स्थलको स्थापना २०५५ भनि झूठो शिलालेख बारे कांग्रेस लगायत सरोकारवाला मौन रहेको कांग्रेस जिल्ला सचिव सनत मंडलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको