राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व कोषाध्यक्ष शुभचन्द्र झाको ५५ वर्षको उमेरमा बुधबार निधन भएको छ ।
पिसाब सम्बन्धी समस्याबाट पीडित झाको उपचारको क्रममा अस्पतालमा निधन भएको उनका परिवारजनले बताएका छन् ।
पत्रकारिता सँगै साहित्य विधामा पनि सकृय रहेको झाको पार्थिव शरीर माथि नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देव, उपाध्यक्ष अम्बिका दाहाल, सचिव राम नारायण विश्वासको नेतृत्वमा रहेका पत्रकारहरूले स्वर्गीय झाको पार्थिव शरीरमा महासङ्घको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यसैगरी मैथिली साहित्य परिषद्को अध्यक्ष अवधेश झा, उपाध्यक्ष राजकुमार लाल दास, पूर्वअध्यक्ष सतिश दत्त लगायतका मैथिली अभियन्ताहरूले समेत उनको पार्थिव शरीर माथि झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । झाको अन्त्येष्टि बिहीवार सप्तकोसी नदी किनारमा उनको अन्त्येष्टि गरिएको छ ।
अन्तिम श्रद्धाञ्जली आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादव, मैथिली साहित्य परिषद्का सदस्य राजिव झा, मिथिला साप्ताहिक पत्रिकाका सम्पादक जितेन्द्र कुमार झा, महासङ्घका कार्यसमिति सदस्य विद्यानन्द राम लगायतका पत्रकारहरू विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
परिषदको पूर्व अध्यक्ष झाको निधनप्रति शोक व्यक्त गर्दै परिषदले १३ दिनसम्म कार्यालयमा शोक पुस्तिका राखेर श्रद्धाञ्जली अर्पण गर्ने परिषदका अध्यक्ष अवधेश झाले बताएका छन् । उनले परिषदको पूर्व निर्धारित मङ्सिरमा हुने स्वर्ण महोत्सव तथा विद्यापति स्मृति पर्व तत्कालको लागि स्थगित गरिएको जानकारी दिए ।
केही दिनयता बिरामी रहेको झाको बुधबार उपचारको क्रममा अस्पतालमै मृत्यु भएको थियो । स्वर्गीय झा विगत साढे तीन दशक देखी पत्रकारितामा सकृय रहेका थिए भने मिथिला साप्ताहिक पत्रिकाको प्रकाशन संस्था मैथिली मिडिया प्रालिका अध्यक्ष पनि थिए । उनकै प्रकाशनमा मैथिली भाषाको सूर्यांश साप्ताहिक पत्रिका राजविराजबाट प्रकाशित भइरहेको छ । स्वर्गीय झाको पत्नी, एक छोरा र तीन छोरी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको