लोकेन्द्र प्रसाद यादव ⁄रासिन्द्र यादव
बोदे बरसाइन,। सप्तरीको बलान विहुल गाउँपालिकामा आमा तथा बाल स्वास्थ्य र पोषण परियोजना अन्तर्गत गाउँपालिका स्तरीय विद्यालय स्वास्थ्य तथा पोषण सम्बन्धी दुई दिने आधारभूत तालिम विहीबारबाट सुरु भएको हो ।
दुई दिने तालिममा आधारभूत प्याकेजमा समावेश भएको विषयवस्तु सम्बन्धी गाउँपालिका भित्र रहेका पोषण फोकल शिक्षकको ज्ञान र क्षमता अभिवृद्धि गरि विद्यालय अन्तर्गत स्वास्थ्य तथा पोषण सेवालाई नियमित सञ्चालन गर्न तालिम आयोजना गरेको हो । कक्षा १ देखि ५ सम्मको विद्यार्थिहरुको लागि स्वास्थ्य पोषण लेखाजोखा गर्न त्यसको लागि आवश्यक सामाग्री पनि आसमान नेपाल द्धारा प्रदान गरिएको छ । सो कार्यक्रम अन्तर्गत किशोरीहरुलाई आइरन चकी वितरण, जुकाको् औषधी वितरण, पोषण सप्ताह, सरसफाई, महिनावारी स्वच्छता दिवा खाजा पर्वधन विद्यालयमा अध्यनरत जानकारी दिने गरेको विद्यालय स्वास्थ्य तथा पोषण अधिकृत जगदीश दास बताए ।
विश्व खाध कार्यक्रमको सहयोगमा आसमान नेपालको साझेदारीमा भएको कार्यक्रममा सामुदायिक विद्यालयका प्राधानाध्यापक, पोषण फोकल शिक्षक, स्वास्थ्य शाखा, शिक्षा शाखाको प्रतिनिधिको सहभागिा रहेको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष रेणु यादब, अतिथि प्रमुख प्रशासकिय अधिकृत अमरेन्द्र कुसियैत, वडा नम्बर-१ का वडा अध्यक्ष रामककुमार यादव, सुचना अधिकृत सुरेन्द्र यादब , शिक्षा शखा प्रमुख दिनेश मण्डल उपस्थिति रहेको थियो ।
तलिममा सहजिकरण बिद्यालय स्वास्थ तथा पोषण अधिकृत जगदिश दास, प्रशिक्षक हरिगेन्द्र सिंहले बाट गरियो । कार्यक्रम संचालन स्वास्थ्य सहसंयोजक पबन यादवले गरेको थियो ।