राजविराज । सप्तरीको एक जना मेयरका प्रत्यासी बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् ।
जिल्लाको शम्भुनाथ नगरपालिकामा गत स्थानीय तहको चुनावमा मेयरका उम्मेदवार रहेका दीपेन्द्र चौधरी बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
३५ बर्षकी महिलाले आफुलाई बलात्कार प्रयास गरेको भन्दै जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई पक्राउ गरि ५ दिनको म्याद थप गरि अन्य अनुसन्धान शुरु गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुन्डीराज नेउपानेले जानकारी दिनुभयो।
आरोपी चौधरी २०७८ बैशाख ३० गते भएको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट मेयरको उम्मेदवार भै ४१४३ मत प्राप्त गर्दै निकट्तम प्रतिद्वन्दी भएका थिए ।