रुपन्देही । विश्व बौद्ध शिखर सम्मेलनबाट लुम्बिनी विकास कोषका उपाध्यक्ष डाक्टर ल्हारक्याल लामा अध्यक्षमा निर्वाचित भएका छन् ।
मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरु भएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. लामालाई विश्वभरका बुद्धमार्गी तथा सरकारहरू संलग्न रहेको सर्वोच्च संस्था इन्टरनेशनल बुद्धिस्ट कन्फिडिरेशन आइबिसीको शक्तिशाली अधिकार प्राप्त कार्यकारी स्थायी समिति हुँदै अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशन सोमबारदेखि भारतको नयाँ दिल्लीमा सुरु भएको छ। विश्वभरका बुद्धमार्गी तथा सरकारहरू संलग्न रहेको सर्वोच्च संस्था विश्व बौद्ध शिखर सम्मेलनको महाधिवेशन सहभागी हुन उपाध्यक्ष डा. लामा दिल्लीमा रहेका छन् ।
विश्वभरका बुद्धमार्गी तथा सरकारहरू संलग्न रहेको सर्वोच्च यो संस्थाको स्थापनाकाल सन् २०११ सालदेखि २०१६ सम्म स्थायी समिति सदस्यमा निर्वाचित भएर लामाले काम गर्दै आएका हुन् । सन् २०१७ को दोस्रो महाधिवेशनबाट अधिकार प्राप्त कार्यकारी सदस्यमा पुनः निर्वाचित भएर सचिवमा निर्वाचित भएका उपाध्यक्ष डा.लामा अहिले आइबिएसको स्थायी कार्यकारी समितिमा निर्वाचित हुँदै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
भारत सरकार मातहतमा रहेको आइबिएसले सय करोडभन्दा धेरै बुद्धिष्टहरुलाई एकता गर्दै विश्वभर शान्ति स्थापनको निम्ति विभिन्न कार्यक्रमहरु अगाडि बढाउँदै आएको छ भने बुद्धिस्टसँग सम्बन्धित रहेका पुरातात्त्विक क्षेत्रहरूको खोज तथा अनुसन्धान गर्दै सम्बन्धित क्षेत्रहरूको संरक्षण र संवर्द्धन गर्दै आएको छ।
बुद्ध दर्शनको विकासका साथसाथै संसारभर छरिएर रहेका बुद्धधर्मावलम्बीहरुमा विकृति विसंगति र धर्म परिवर्तन गर्ने जस्तो अस्वाभाविक अवस्था आउन नदिन यस संस्थाले विशेष भूमिका खेल्ने जनाएको छ। युगौंदेखि विभिन्न खाले उत्पीडन र अत्याचारसमेत व्यहोर्दै आएको बुद्धिष्टहरुलाई न्याय दिलाउन सबै प्रकारको उत्पीडन अन्त्यको लक्ष्यसमेत यो संस्थाले जनाएको छ।
हाल भारतको नयाँ दिल्लीमा रहेको IBCको हाल ३९ देशहरूमा ३२० भन्दा बढी संगठनहरु रहेको छ।
उक्त संस्थाको अध्यक्ष पदमा निर्वाचित भएलगत्तै पत्रकारसँग बोल्दै प्रथम डा.लामाले यो निर्वाचनको परिणामले बुद्धको जन्मस्थल पवित्र भूमि नेपालको सम्मान गरेको प्रतिक्रिया व्यक्त गरेका छन् ।
पूर्व मन्त्री र संविधानसभा सदस्य समेत भैसकेका उपाध्यक्ष डा. लामा बौद्धधर्मको विकास र संवर्द्धनमा अतुलनीय योगदान पुराएका व्यक्ति हुन् । बुद्ध दर्शनमा लेख एवं प्रवचन दिई नेपाल र लुम्बिनीको पहिचान विश्वभरका बौद्धमार्गीहरुमा पुर्याएका छन् । नेपालप्रेस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost