जनकपुरधाम । धनुषामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ ।
धनौजी गाउँपालिका-४ भडरियास्थित आँप घारीको बीचमा रहेको पोखरीमा परालले छोपिएको अवस्थामा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो ।
घटनास्थलमा महिलाको चप्पल देखिएको छ। शरीर सड्न थालेकाले पोष्टमर्टमपछि मात्रै थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।
मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानका लागि घटनास्थलमा एसपी शर्मा सहितका प्रहरी पुगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको