राजविराज । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ५ मलेकपुरमा बुधबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता कुमारी साहले जनमतका नेता तथा कार्यक्रताहरुसँग भेटघाट गरेका छन् ।
राजगढ गाउँपालिकाका नगर सभापति शुभ नारायणा यादव सहितको नेता तथा कार्यक्रताहरुले मन्त्री साहलाई भव्य रुपमा स्वागत गरेका थिए ।
सोही क्रममा मन्त्री साहले मिशन २०८४ को निर्वाचनको लागि संक्रिय भएर लाग्न निर्देशन समेत दिए । जनताको भावनालाई बुझेर काम गर्न आग्रह गर्दै स्थानीय तहरुमा भई रहेको विकासिय कामहरु प्रति समेत ध्यान दिन आग्रह गरे ।
आउने निर्वाचनमा गत वर्षको भन्दा यस वर्ष बढी आफ्नो पार्टीका उम्मेदवार विजयी गराउने वातावरण सिर्जना गरी काम गर्न वडा स्तरबाट कार्यक्रताहरुलाई प्रशिक्षण लगायतका कार्यहरु अगाडि बढाउने समेत आग्रह गरे ।
भेटघाट कार्यक्रममा राजगढ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पदका प्रत्याशी उम्मेदवार बलराम मण्डल, वडा नम्बर ४ का प्रत्याशी उम्मेदबार शिबकान्त मण्डल, वडा नम्बर ३ का प्रत्याशी उम्मेदबार बलराम लाभ, राजगढ गाउपालिकाका सचिव रमेश कुमार साह, स्थानीय बुद्धिजीवि सहितको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
1
1

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको