
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवाहरूले प्रदर्शन गरिरहेको ठाउँमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिले प्रदर्शनलाई उग्र बनाएको बताएका छन्।
राज्य व्यवस्था समितिको बैठकमा बालकुमारी घटनाबारे बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । गृहमन्त्री श्रेष्ठले आन्दोलन भइरहेकै ठाउँमा यातायातमन्त्रीको गाडी आएको र घेराबन्दीमा परेको भनिएपछि प्रहरीले गोली चलाएको बताए ।
गृहमन्त्री श्रेष्ठले घटना हुनुमा इपिएस कार्यालयको लापरबाही, मन्त्रीको गाडी आन्दोलन भइरहेकै ठाउँबाट लैजाने पिएसओको निर्णय र सुरक्षाकर्मीको कमजोरी मुख्य कारण रहेको बताए।
उनले भौतिक पूर्वाधार तथा यतायातमन्त्रीको पीएसओले जिम्मेवारी पूरा नगरेको पनि बताए । उनले मन्त्री ज्वालाको गाडि त्यही बाटो नगएको भए स्थिति यस्तो नबन्ने बताए।
गृहमन्त्री श्रेष्ठले ईपीएस कार्यालय प्रमुखको भूमिका सकरात्मक नदेखिएको र रियाक्टिभ भएको पाइएको बताए । उनले जुनसुकै अबस्थामा पनि गोली नचाउनुभनेर निर्देशन दिइएकोमा फिल्डमा खटिएका सुरक्षाकर्मीले गोली चलाएर त्रुटि गरेको जवाफ समितिलाई दिएका छन्।