नयाँदिल्ली । पाकिस्तानको सीमापार नीतिलाई भारतले अप्रासाङ्गिक बनाएको छ । भारतीय विदेशमन्त्री जयशंकरले आतंकवादको अभ्यासलाई वैध मानिएका शर्तहरूमा भारतले सम्झौता नगर्ने बताएका छन् ।
एएनआईसँगको अन्तर्वार्तामा विदेश मन्त्री जयशंकरले भारत पाकिस्तानसँग सम्झौता गर्न इच्छुक नरहेको बताउँदै आतङ्क र शत्रुतामुक्त वातावरण बनाउनु पर्ने उल्लेख गरेका छन् ।
पाकिस्तानसँगको मोदी सरकारको दृष्टिकोणलाई उल्लेख गदै उनले सीमापार आतङ्कवादलाई नसहने बताएका छन् । पाकिस्तानले दशकौँ अघिदेखि भारतलाई टेबुलमा ल्याउन सीमापार आतङ्कवादको प्रयोग गरेको बताउँदै आफूहरूले त्यस्ता विषय अप्रासाङ्गिक बनाएको बताएका छन् । पाकिस्तान आफ्नो नजिकको छिमेकी भएको स्वीकार गर्दै उनले पाकिस्तानले तयार पारेका शर्तहरूको आधारमा व्यवहार नगर्ने बताएका छन् ।
भारतले गत वर्ष अगस्टमा पाकिस्तानसँगको सम्बन्धलाई सामान्यीकरण बनाउनका लागि आतंकवाद र शत्रुतामुक्त वातावरण आवश्यक रहेको बताएको थियो ।
मन्त्री जयशंकरले एएनआईसँगको अन्तर्वार्तामा पाकिस्तानको भविष्य पाकिस्तानको आफ्नै कार्य र छनौटबाट निर्धारण हुने भन्दै छिमेकीको हैसियतले आर्थिक समस्याबाट बाहिर निस्कन आवश्यक रहेको बताएका छन् ।
आर्थिक संकटबाट गुज्रेको श्रीलंकालाई भारतले गरेको सहयोगको सन्दर्भ उल्लेख गर्दै श्रीलंकासँग एकदमै फरक सम्बन्ध भएको बताएका छन् ।
पाकिस्तानको अवस्था तथा भविष्य धेरै हदसम्म पाकिस्तानकै क्रियाकलापले निर्धारण गर्ने जिकिर गर्दै उनले कोही पनि अचानक कठिन परिस्थितिमा नपुग्ने बताएका छन् ।
पछिल्लो समयमा घट्दो, विदेशी मुद्रा सञ्चिति, उच्च मुद्रास्फीति तथा मुद्राको तीव्र अवमूल्यन लगायतका आर्थिक कठिनाइसँग पाकिस्तान जुधिरहेको छ ।