काठमाडौं । राष्ट्रियसभा सदस्यको भागवण्डाका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले छलफललाई तीव्रता दिएका छन्।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गर्दा कांग्रेस र माओवादी केन्द्र छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पनि दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो । यसअघिको छलफलमा भागबन्डाको टुंगो नलागेपछि नेताहरू आज पनि छलफलमा जुटेका हुन् ।
आजको बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् छन् भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक सहभागी छन् ।
सत्ता गठबन्धनले माघ ११ मा हुने चुनावका लागि साझा उम्मेदवार तय गरेर जाने बताएका छन्। सत्ता गठबन्धनमा रहेका अन्य दलहरूसँग सामूहिक रूपमा छलफल गर्नुअघि कांग्रेस र माओवादीबीच छलफल भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको