काठमाडौं । राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरू छलफलमा जुटेका छन् ।
सत्ता गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई पनि साथमै लैजाने गरी छलफलमा जुटेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग पनि राष्ट्रिय सभाको निर्वाचनको विषयमा छलफल गर्ने निर्णय गरेको छ ।
कांग्रेस र माओवादीका नेताहरूको छलफलमा समेत अहिलेको अवस्थामा एमालेलाई पुरै बाइपास गरेर जान नमिल्ने अवस्थाबारे नेताहरूबिच विमर्श भएको छ ।
सोही विमर्शका आधारमा बुधबारै दिउँसो गठबन्धन दलको दिउँसो र साँझ एमालेसहित सत्तारुढ गठबन्धनको दोस्रो बैठक बस्दैछ ।
गठबन्धनका शीर्ष चार कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको बैठक एमालेसँग बस्नुअघि बस्दैछ ।
त्यसबारे कांग्रेस र माओवादीका शीर्ष नेताहरूबिच हिजो र आज बिहान पनि छलफल भएको थियो। माघ ११ गते २० सीटका लागि हुने निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि समेटेर लैजाने प्रयास गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको