काठमाडौं । राष्ट्रियसभाको सिट बाँडफाँटका लागि बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ।
राष्ट्रियसभाको सिट बाँडफाँटको विषयमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको हो । छलफलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी थिए ।
गठबन्धनको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारसँग एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलको बिफ्रिङ गरेका थिए।
तर एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विरोध जनाएपछि बैठक निष्कर्षविहीन भएको हो ।
कुनै सहमति नजुटेपछि आजै बेलुका फेरि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त बैठक बस्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको