तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ पुगेका छन् ।
भानु नगरपालिका–७ स्थित पुर्कोट माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उनी तनहुँ पुगेका हुन्।
राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले स्वागत गरेका थिए।
राष्ट्रपति पौडेल यसअघि गत असोज ६ गते पनि दमौली सभाहल उद्‌घाटनका लागि गृह जिल्ला पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको