काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर शुक्रबार मध्याह्न स्वदेश फिर्ता भएका छन्।
नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता भएका हुन् ।
जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले विदाई गरे।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आएका जयशंकरले बिहीबार उच्चस्तरीय भेटवार्ता गरेका थिए ।
यस्तै आयोगको बैठकपछि नेपाल र भारतबीच भएका विभिन्न सहमति तथा समझदारी आदानप्रदान भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost