सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा नगरपालिका वडा नं. ६ बस्ने ३० वर्षिय जयशंकर साह रहेका छन ।मृत्क साहलाई प्रहरीले टाउकोमा गोली प्रहार गरेको बरहथवाका स्थानियले जानकारी दिएको छ ।
मृत्क साह बंगलादेशमा एमबिबिएस पढदै गरेका विद्यार्थी थिए । उनि घरको एक्लो छोरा तथा विद्यालयमा धेरैनै राम्रो विद्यार्थी रहेको थियो । परिवारजनले साहको मृत्यु किन र कसरी भयो यसको घोर निन्दा गर्दै छानबिनको माग समेत गरेको छ ।
बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै भएको प्रदर्शनमा साहको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज कर्फ्यू आदेश जारी गरेको हो ।
तनाव बढ्दै गएकोले आज बेलुका साढे ५ बजेदेखि भोलि शनिवार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।
स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगरको निर्णय उल्टाउन खोजेको भन्दै स्थानीयले नगरपालिका कार्यालय घेराउ गरेपछि प्रहरीले रोकेपछि झडप भएको थियो ।अहिले भने बरहथवाको अवस्था तनाव ग्रस्त रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको