राजविराज । सप्तरीकाे ग्रामीण क्षेत्रमा यौन व्यवसाय संचालन भइरहेको पाइएको छ ।

प्रहरीले जिल्लाको डाक्नेश्वरी नगरपालिकास्थित एक हाेटेलबाट याैन व्यवसाय गरेको आराेपमा २ महिलासहित ७ जनालाई पक्राउ गरेको छ ।

नगरपालिकाकाे वडा नम्बर ५ पाताेस्थित कुनाल काेल्ड स्टाेर एण्ड हाेटेलबाट गएराति २ महिला र ५ जना पुरूषलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रमुख एसपी गजुसिद्दी बज्राचार्यले जानकारी दिनुभयो  । पक्राउ परेकामध्ये २ पुरुष भारतीय छन् ।

फरार भएका होटेलका सन्चालकको खोजी गर्दै यस सम्बन्धमा अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको