राजविराज । राजविराज नगरपालिका देशकै ऐतिहासिक र पुरानो नगरपालिका भए पनि अहिले सम्म यहाँका जनाले विकासको अनुभूति गर्न सकेको छैन ।
जनप्रतिनिधि भएर आएको करिव डेढ वर्ष भन्दा बढी समय वित्न लागदा पनि अहिले सम्म नगरपालिकाको कार्य शैली निरंकुशता हावी भएको वडा सदस्यहरुले अधिकार विहिनता महसुस गरि रहेको छ ।
अहिले सम्म दुई पटक नगर परिषद् हुँदा पनि भागवण्डा र आन्तिरिक किचलोको कारण कागजमै सिमित भएको महसुस गरिएकाले छ । ७ बुदे मागहरु समाबेश गरी वडा सदस्यहरु राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत प्रविनलाई ज्ञापनपत्र बुझाएका छन् ।
बषौ देखि आफ्नै जग्गा बेच विखन गर्न नपाउनुका साथै ऋण समेत उठाउन नपाएका हजारौं घर परिवार विटोरी जग्गाबालाहरुलाई अविलम्व जग्गाधनीपूर्जा उपलब्ध गराउन पहल गर्नुपर्ने र तत्काल उपलब्ध गराउन नसकिए जग्गावालाहरुले आफ्नो जग्गा धितो राखी ऋण पाउने व्यवास्था मिलाउन पहल गर्नुपर्ने ।
कार्यालय समयमा नगरपालिकाका विभिन्न रहेका सम्बन्धित शाखाका कर्मचारीहरु हाजिरी गरेर कार्यालयमा नबस्ने प्रवृती बढेका कारण आम जनता सेवा सुविधाका लागि भौतारिनु पर्ने अवस्था आएकोले शाखाहरुमा कर्मचारी कार्यालय समय अवधिभरी अनिवार्य बस्नुपर्ने व्यवस्था गर्नुपर्ने ।
नगरसभाबाट पारित यस वर्षका योजनाहरुको एक सता भित्र सम्झौता गरी काम सूचारु गर्नुपर्ने । नगरक्षेत्र भित्र सरसफाईलाई उच्च प्राथमिकतामा राखि सोको स्थायी व्यवस्थापनका लागि थप सवारी साधन, नगर क्षेत्रको चारैतर्फ रहेका भलुवाही ढल निकासको व्यवस्थापन र डम्पिङ साईडको अविलम्ब व्यवस्थापन गर्नुपर्ने ।
नगरको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन तथा छाडा पशु चौपायाको व्यवस्था र जथाभावी पार्किङ नियन्त्रण गर्न खुल्ला प्रतिस्पर्धाबाट नगर प्रहरीको भर्ना एवं काँजी हाउस निर्माणको काम तुरुन्त अगाडी बढाउनु पर्ने । नगर क्षेत्र भित्र चोरीका घटनामा बृद्धि भएकाले नगर क्षेत्र भित्रका सडक तथा गल्लीहरुमा लाईटको व्यवस्था सँग मुख्य बजार क्षेत्र तथा चौक चौराहाहरुमा सिसि टिभि जडानको अविलम्ब व्यस्था मिलाउनु पर्ने, नगर क्षेत्र भरी रातिको समयमा प्रहरीको गस्ती बढाउनुपर्ने लगायतका मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost