काठमाडौँ ।  आगामी माघ ११ गते १९ सिटका लागि हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन् ।

देशका सातवटै प्रदेशमा खडा गरिएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार पुस २४ गते उम्मेदवारविरुद्ध दाबी, विरोध तथा उजुरी गर्न सकिने छ । यस्तै  २५ र २६ गते उजुरी, दाबी, विरोधमा जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

पुस २७ गते उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समय तोकिएको छ भने सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।

राष्ट्रियसभा निर्वाचनको मतदानका लागि सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुईवटा मतदान केन्द्र कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको