काठमाडौं ।  राष्ट्रिय मानवअधिकार आयोगले नेपाल प्रहरीका एसपी विश्वराज खड्कासहित तीनजना प्रहरी अधिकारीमाथि विभागीय कारवाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

विभागीय कारवाहीका लागि सिफारिस गरिएका प्रहरी अधिकारीहरुमा एसपी खड्कासहित नेपाल प्रहरीका डीएसपी वेदप्रसाद गौतम र इन्स्पेक्टर दिनेश अधिकारी छन् ।

तीनैजना प्रहरी अधिकारीले धनुषा जिल्ला प्रहरी कार्यालयमा आरती साहको हत्या सम्बन्धी घटनाको जाहेरी लिन नमानेको र अनुसन्धानमा लापरवाही गरेको मानवअधिकार आयोगको ठहर छ । आयोगले आइतबार सरकारलाई बुझाएको ६ पृष्ठ लामो प्रतिवेदनमा उनीहरुमाथि विभागीय कारवाही गर्न सिफारिस गरिएको हो ।त्यसैगरी मृतक आरती साहको पोष्टमार्टम कार्यमा संलग्न चिकित्सकहरुले पनि लापरवाही गरेको आयोगको ठहर छ । साहको पोष्टमार्टम कार्यमा संलग्न चिकित्सकहरु डा. अवधेशकान्त झा, डा. दिग्विजय ठाकुर र डा. दीपेन्द्रकुमार सिंहले समेत लापरवाहीजन्य कार्य गरेको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ ।

मानवअधिकार आयोगले तीनजना प्रहरी अधिकारीलाई विभागीय कारवाही गर्न सरकारलाई सिफारिस गरेको छ भने चिकित्सकको हकमा मेडिकल काउन्सिलले सचेत गराउँदै अन्तिम चेतावनी दिइसकेको हुनाले आगामी दिनमा लापरवाहीजन्य कार्य नगर्न र सही दस्तावेजीकरण गर्न गराउन निर्देशन दिन सरकारलाई भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको