लोकेन्द्र यादब
बोदे बर्साईन । राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवले मानव विकास सूचांकमा मधेश प्रदेश पछि परेकाले सो अवस्थामा सुधार ल्याउन शिक्षा, स्वास्थ्यमा स्थानीयतहरुले लगानी बढाउनु पर्ने बताएका छन ।‘
सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर–७ स्थित श्री ५ महेन्द्र चुन्नी माध्यमिक विद्यालय मानराजाको खेलमैदानमा जारी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको समापन समारोहमा बोल्दै राष्ट्रिय सभा सदस्य सिंहले सडक पूर्वाधार संरचना मात्रै विकास नभई शिक्षा,स्वास्थ्य क्षेत्र पनि रहेको बताए । उनले माध्यमिक तहका विद्यालयमा छुट्टै खेलकुद शिक्षकको व्यवस्था हुनुपर्नेमा जोड दिए ।
सो प्रतियोगितमा १४ स्वणर्,५रजत,५ काश्य पदक जिति श्री हिया सुरैत जलेवी माध्यमिक विद्यालय सारस्वर प्रथम भएको छ ।यस्तै ८स्वणर्,११रजत,३ काश्य पदक जित्दै श्री ५ महेन्द्र चुन्नी माध्यमिक विद्यालय मानराजा द्धितीय स्थान हासिल गरेको छ । यस्तै ५ स्वणर्,१० रजत,७ काश्य पदक सहित श्री चन्द्रा नमुना माध्यमिक विद्यालय बोदे बर्साईन तृतीय स्थान प्राप्त गरेकोछ । प्रतियोगितामा पालिका भित्रका सामुदायिक विद्यालयबाट छनौट भएका खेलाडीहरूले सहभागिता जनाएको थियो । विजेता विद्यालय र खेलाडीहरुलाई कप, मेडल शिक्षा युवा खेलकुद विकास शाखा बोदे बर्साईनले प्रदान गरेको छ ।
चार दिनसम्म चलेको उक्त प्रतियोगीतामा बोदे बर्साईन नगरपालिका ३१ वटा सामुदायिक विद्यालयबाट ४ सय ४० खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन् ।

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० को खेलमा भलिवल,कबड्डी, एक्लेटिक्स ः दौड छात्र १०० मि, २०० मि, ४०० मि, ८०० मि ,१५०० मि, ३००० मि, ४१०० मि रिले, ४४०० मि रिले यस्तै छात्रातर्फ १०० मि, २०० मि, ४०० मि,८०० मि,१५०० मि,३००० मि, ४४१०० मि रिले खेल समावेश रहेका थियो । उफ्रने र फ्याक्ने ९फिल्ड० तर्फ छात्र हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम, सटफुट १२ पाउन्ड । छात्रातर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ६०० ग्राम र सटफुट पाउन्ड लगायतका खेलहरु समावेश भएको खलकुदका सदस्य सचिव मा।वि। मानराजाका प्राधनाध्यापक हेम किशोर यादवले जानकारी दिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादव , नगरपालिकाका कार्यवाहक नगर प्रमूुख रेणुदेवी साह जिल्ला खेलकुद विकास समिति सप्तरीका अध्यक्ष दिनेश भुजेल, वडा नम्बर ३ का वडा अध्यक्ष शिव नारायण यादव, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिगम्बर यादव, विद्यालय, शिक्षक अभिभावक संघ अध्यक्ष अजय कुममार यादव, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डा। सूर्य नारायण यादव लगायतको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
31
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको