विनय कर्ण
राजविराज । अयोध्यामा भगवान रामको मुर्ती स्थापना संगै प्राण प्रतिष्ठा हुन लागेको अवसर पारेर सप्तरीको शम्भुनाथ नगरपालिकामा कलश यात्रा तथा अष्टयाम महायज्ञको आयोजना गरिएको छ ।
शम्भुनाथ स्थित ट्राफिक बजारबासीले अयोध्यामा यहि माघ ८ गते भगवान रामको मुर्ती स्थापना हुन लागेको अवसरमा त्यहाँको भगवती मन्दिरमा मंगलवार देखि २४ घण्टाको अष्टयाम महायज्ञ आयोजना गरेका हुन् ।
अष्टयाम महायज्ञ शुरु हुनु अघि खाँडो खोलाबाट श्रद्धालु महिलाहरुले एक सय वटा कलश भरेर यात्रा गर्दे मन्दिर सम्म ल्याएको स्थानिय तेजनाराण चौधरीले जानकारी दिए ।
उनले अध्योध्यामा भगवान रामको बालरुप नवनिर्मित मन्दिर भित्र स्थापना गरी प्राण प्रतिष्ठा गर्न लागिएको अवसरमा उत्साहित भएर शम्भुनाथ ट्राफिकबासीले अष्टयाम महायज्ञको आयोजना गरेको बताए । ‘हाम्रो आराध्य देव भगवान श्रीरामको स्थापना र प्राणप्रतिष्ठा हुन लागेकोमा हामी खुशी छौं र त्यही अवसरमा कलश यात्रा, पुजापाठ र अष्टयाम महायज्ञको अयोजना गरेका हौं’ चौधरीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको