जनकपुरधाम। जनकपुरबाट चोरी भएको बस सिरहाको गोलबजारमा भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोलबजार नगरपालिका ७ मा पार्किङ गरेको अवस्थामा ना४ख २३२७ नम्बरको नवदुर्गा ट्राभल्स बस भेटिएको हो ।
जनकपुर भिठामोड चल्ने बस सोमबार जनकपुरधामको बस स्टेण्डमा पार्किङ गरी राखिएको थियो ।
तर, मंगलबार ४ बजे हेर्न जाँदा बस नरहेको देखेपछि बस धनी महोत्तरीको पिपरा गाउँपालिका ३ का कालिन्द्र मिश्रले प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको