काठमाडौं । हत्या,बेपत्ता र यौन हिंसाको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सार्वजनिक गरेको छ ।
सीआईबीले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी तपश्वी भनिएका बम्जनलाई पक्राउ गरेको बारेमा जानकारी दिएको हो । पक्राउ परेका बम्जनको आश्रमबाट ४ अनुयायी बेपत्ता भएको सीआईबीका एसएसपी दिनेश आचार्यले बताए ।
सीआईबीले उनलाई पक्राउ गर्न ‘अप्रेसन ब्लु’ चलाएको थियो । बम्जनलाई थप कारवाहीका लागि सर्लाही जिल्ला अदालत पठाइने एसएसपी आचार्यले बताए । उनीविरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्दा दर्ता भएको छ।
बम्जनलाई सीआईबीको टोलीले मंगलबार काठमाडौंको हात्तीगौडबाट पक्राउ गरेको थियो । उनको निवासबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विदेशी रुपैयाँ नेपालीमा कन्भर्ट गर्दा हुन आउने ३० लाख ९२ हजार ४०६ रुपैयाँ बरामद भएको सीआईबीले जानाएको छ ।
यसैगरी उनको साथबाट केही सामान पनि बरामद भएको छ। १४ थान मोबाइल , २० थानपेनड्राइभ , ५ थानआइप्याड , दुईवटा गाडी, चारवटा मोटरसाइल बरामद भएका छन्।
सीआईबीका अनुसार थप अनुयायीहरू बेपत्ता भएको भन्ने सूचना आएकाले उनीहरूका बारेमा पनि खोजि भइरहेको छ।
उनीमाथि अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र यौन हिंसा गरेको आरोप छ। जिल्ला प्रहरीले कार्यालय सर्लाहीले २०७६ माघ २४ गते बम्जनलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको