निरज कुमार मण्डल

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ६ गोरगामा स्थित मुसहर बस्तीमा जीवन विकास लघुमित्तले निःशुल्क अध्ययन केन्द्र मार्फत निःशुल्क होम ट्युसन पढाउन सुरु गरेको छ ।
लघुवित्तहरुले ग्रामीण भेगका गाउँ–गाउँमा पुगेर विपन्न महिलाहरुलाई जीविकोपार्जनका लागि कार्यक्रमहरु सञ्चालन गर्नुको साथै समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका क्रियाकलाप पनि सञ्चालन गरिरहेका छन् ।
सोही कडीका रुपमा निःशुल्क अध्ययन केन्द्र सञ्चालनमा ल्याएको हो । कमजोर आर्थिक अवस्थाका कारण आवश्यक शैक्षिक सामग्रीको अभाव र अतिरिक्त कक्षा ९ट्युसन० पढ्न नपाएर विद्यालय जान रुचि नगर्ने मुसहर बस्तीका बालबालिकाहरु जीवन विकास लघुवित्त राजविराज शाखाले संचालन गरेको हो ।
सो केन्द्रमा ३५ बालबालिकाले अध्ययन गर्ने छन् । उक्त संस्थाले बालबालिकाका लागि शैक्षिक तथा स्टेसनरी सामग्री र सोही ठाउँका एक जना शिक्षिका पुनम देवी सरदारलाई मासिक भत्ता उपलब्ध गराएको शाखाका म्यानेजर प्रमोद साहले जानकारी दिए ।
सो कार्यक्रममा लघुवित्तका संचालक समितिका सदस्य ई.इन्द्र नारायण देवको प्रमुख आतिथीयमा आयोजित कार्यक्रममा संस्थाका मधेश प्रदेश प्रमुख राम नारायण यादव, मुक्तिनाथ विकास बैंक शाखा राजविराजका प्रमुख नन्दकिशोर गुप्ता, महिला विकास संस्थाका संस्थापक अध्यक्ष मिरा देव, २३ नम्बर केन्द्र प्रमुख ज्ञानुबति देवी सरदार र संस्थाका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको