
अब धाबी । प्रधानमन्त्री नरेन्द्र मोदीले यूएईको अबु धाबीमा निर्माण गरिएको बीएपीएस मन्दिरको ढुङ्गामा ‘वसुधैव कुटुम्बकम’ लेखेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दू मन्दिरको उद्घाटन गर्दै संस्कृत वाक्यांश ‘वसुधैव कुटुम्बकम’ (संसार एउटै परिवार हो) एउटा ढुङ्गामा लेखेका हुन्।
प्रधानमन्त्री मोदीसँग अबुधाबीका युवराज शेख मोहम्मद बिन जायद अल नाह्यान र अन्य विशिष्ट व्यक्तिहरू थिए। उनले मन्दिरको लागि ‘शिला पूजन’ (ढुंगा पूजा) समारोह पनि गरे, जुन यूएईमा निर्माण भइरहेको पहिलो परम्परागत हिन्दू मन्दिर हो।
मुस्लिम बाहुल्य राज्यमा मन्दिर उद्घाटनले प्रधानमन्त्री मोदी र हिन्दु समुदायप्रति सम्मान प्रकट गरेको भन्दै कृतज्ञता व्यक्त गरेका छन्।