राजविराज । जनमत पार्टीले ५ जना वडाअध्यक्षलाई कार्वाही गरेको छ । पार्टीबाट निर्वाचित तीन जिल्लाका ५ वडाअध्यक्षलाई कार्वाही गरेको छ ।

पार्टी प्रबक्ता शरदसिंह यादवका अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिका वड नम्बर ९ का वडा अध्यक्ष नन्दकिशोर यादव, रुपन्देहीको मर्चबारी गाउँपालिका वडा नम्बर ६ का रामसेवक खरबिन्द, लुम्बिनी सांस्केृतिक नगरपालिका ७ का ध्रुब यादव, गैडहवा गाउँपालिका ७ का लालबहादुर केबट र बर्दियाको गुलरिया नगरपालिका १० का लक्ष्मीनारायण लोधलाई कार्वाही गरिएको छ ।

कार्वाही गरिएकालाई पार्टीको कुनै पनि कार्यक्रममा सहभागी नगराउन निर्देशन दिइएको छ ।

पार्टीको हकहितबिरुद्ध काम गरेको, पार्टीको लेबी नतिरहेको, निर्वाचित भएपछि पार्टीसँग कुनै मतलव नराखेकाले कार्वाही गरिएको प्रबक्ता यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको