जनकपुरधाम । जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका २० रुपैठाकी ३६ वर्षीया गौरी देवीको मृत्यु भएको हो ।
उनलाई आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई(रिक्साको तार छुटाउने क्रममा करेन्ट लागेको थियो।
उपचारको लागि न्यूरो हस्पिटलमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost