काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवासँग छलफल गरेका हुन् ।

भेटमा उनीहरुबीच सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

संसद्लाई प्रभावकारी बनाउने र राष्ट्रिय समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी दलसँग प्रचण्डले नियमित छलफल गरिरहेका छन् ।  कांग्रेसले सहकारी प्रकरणलाई लिएर गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको