काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सरस्वतीनगरबाट पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका ९ घर भई हाल काठमाडौं महानगरपालिका ६ सरस्वतीनगर बस्ने प्रशान्त पराङदेवा लिम्बु रहेका छन् ।
लिम्बुलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट कटुवा पेस्तोल, धारिलो चक्कु थान, फलामको हम्बर थान र मोबाईल बरामद गरेको छ ।
कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरुको खोजतलस गर्ने क्रममा लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर