काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगहरूको पक्षमा सरकारले वकालत गरिरहेको आरोप लगाएको छ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारी ठगहरूको पक्षमा सरकारले वकालत गरिरहेको बताएकी हुन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध सहकारी प्रकरणमा उजुरी परेको पनि उनले बताइन्। सांसद गौतमले सहकारीको बचत हिनामिना गरेको भनी गृहमन्त्री लामिछाने आरोपित रहेको बताइन्।
यस विषयमा आफूहरुले संसदीय छानबिन समिति गठनको माग गर्दा सत्तारुढ दलहरु तयार नहुनु आफैंमा शंकास्पद रहेको बताइन् ।
सांसद गौतमले भनिन्,‘एउटा सहयात्री दलका अध्यक्ष गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने मानसिक पीडमा सरकार देखियो, त्रसित देखियो । हामी बुझ्दछौं– सरकार टिकाउनुपर्ने छ । बाध्यताहरु होलान। उहाँहरु आ एम द स्टेट भन्नेमा हुनुहुन्छ । सहकारी ठगहरुको पक्षमा सरकार देखियो । आरोपित गृहमन्त्रीज्यु उजुरीलाई चिकर्टोको संज्ञा दिनुहुन्छ ।’
जे जस्तो भएता पनि आरोप लागेपछि त्यसको पुष्टिका लागि जो कोही तयार हुनुपर्ने उनको भनाइ छ । तर, सत्तापक्ष संसदीय छानबिनका लागि तयार नहुँदा समस्या भएको उनले बताइन् ।
यस्ता घटनाले सहकारीपीडितले दिएको उजुरीको अनुसन्धान प्रक्रिया पूर्ण रूपमा प्रभावित बनेको उनले बताइन्। सोमबारको प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उठेर विरोध जनाएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost