
एजेन्सी । समुद्री डाकाहरुद्धारा अपहरणमा परेका पाकिस्तानी नागरिकहरुलाई भारतीय नौ सेनाले अपहरणमुक्त गराएपछि उनीहरुले भारत जिन्दाबादको नारा लगाएको मिडिया रिपोर्टमा उल्लेखि गरिएको छ ।
भारतीय नौसेनाले उद्धार गरेका २३ जना पाकिस्तानी नागरिकहरुलाई समुद्री डाकाको चंगुलबाट छुटाएको खुशियालीमा ‘भारत जिन्दाबाद’ नारा लगाएका थिए ।
पाकिस्तानीहरू इरानी जहाजमा सवार थिए जसलाई समुद्री डाकूहरूले अपहरण गरेको थियो र उनीहरूलाई भारतीय नौ सेनाले चलाएको १२ घण्टा भन्दा भन्दा बढि समय सम्म अपरेशन पछि उद्धार गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । डुङ्गालाई माछा मार्ने गतिविधिका लागि खाली गर्नुअघि चालक दलको पूर्ण स्वास्थ्य परीक्षण गरिएको बताइएको छ । श्रोतः लेटस्टाइल